बर्दियाका किसानद्वारा समर्थन मूल्यमा धान खरिद गरिदिन माग


बर्दियाका किसानद्वारा समर्थन मूल्यमा धान खरिद गरिदिन माग

सर्मथन मूल्यमा धान खरिद गरिदिन भन्दै बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईदै । तस्विरः दीपक शर्मा /सेतोखरी

बर्दिया:किसानका समस्यालाई मध्यनजर गर्दै बर्दियाका सामाजिक अगुवाहरुले जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका छन् । बर्दियाका सामाजिक अगुवाहरुले स्थानीय तहसंग समन्वय गरी किसानका समस्यालाई सम्बोधन गर्न माग गरेका हुन ।

अन्न भण्डारको रुपमा परिचित बर्दिया जिल्लामा किसानले उत्पादन गरेको अन्नवालीले उचित मूल्य र आवश्यक मल समयमै नपाएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीलाइ आईतबार ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सूचना तथा मानव अधिकार सरोकार केन्द्र (आईएचआरसी) र नागरिक समाज सञ्जाल बर्दियाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा किसानहरुले उत्पादन गरेको धान बिक्री तथा गँहुका लागी मल सहजरुपमा उपलब्ध गराउन भन्दै यसको सम्बोधनका लागि ध्यानाकर्षण गराएका हुन् ।

सरकारले धानको समर्थन मूल्य तोकेको भएपनि खरिद गर्न सरकारले तदारुकता देखाउन नसक्दा व्यापारीले मनपरी ढंगमा सस्तो दरमा धान खरिद गरिरहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

सरकारले नै नै किसानले उत्पादन गरेको धान खरिद नगर्दा सस्तो दरमा धान बेच्न बाध्य भएको भन्दै सरकारले किसानको सहज पँहुच हुने गरी तत्काल खरिद डिपो स्थापना गर्नुपर्ने उनीहरुको माग छ ।

सूचना तथा मानव अधिकार सरोकार केन्द्रका कार्यक्रमय संयोजक मानबहादुर चौधरीले वर्तमान समयलाई मध्यनजर गर्दै किसानका सवाललाई सम्बोधन गराउन ध्यानाकर्षण पत्र बुझाइएको बताए ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा जिल्ला अदालत बार एशोसियशनका अध्यक्ष काशिराम चौधरी, नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण ओली, सूचना तथा मानव अधिकार सरोकार केन्द्र (आईएचआरसी) का कार्यक्रम संयोजक मानबहादुर चौधरी, कार्यक्रम अधिकृत प्रतापसिह थारु, सामुदायिक वन उपभोक्ता समितिका भुमिराज लामिछाने, पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल लगायत १२ जना संघ सस्थाका प्रमुखले संयुक्त रुपमा हस्ताक्षर गरि उक्त ज्ञापन पत्र बुझाइएको छ ।