नेपालगन्ज: भर्खरै सद्भाव टूर दी ठाकुरद्वारा–२०७५ सम्पन्न गरेको नेपालगन्ज साइक्लिङ्ग क्लबले टूर दी रारा–२०७६ को आयोजना गर्ने भएकोछ । नेपालगन्ज साइक्लिङ्ग क्लबको आज सम्पन्न दोस्रो वार्षिक साधारणसभा सो कुरा बाहिर आएको हो ।
क्लबले पहिलोपल्ट लामो दुरीको साईल यात्रा सफलतापूर्वक सम्पन्न गर्दै उक्त टूरको आयोजना गर्न लागेको जनाइएकोछ । साधारणसभाले आगामी दिनमा थप नयाँढंगबाट साइक्लिङ्गको विकास गर्न अन्य गतिविधि समेत गर्ने जनाएकोछ । २०१९ कोरा, टुर दि रारा, मेयर कप साइकल दौड लगायतका विभिन्न कार्यक्रम गर्ने क्लबका सचिव गगन थापाले जानकारी दिए ।
क्लबका अध्यक्ष केशर आलेको अध्यक्षतामा सम्पन्न सो साधारणसभामा क्लबले वर्षभरी सम्पन्न गरेका गतिविधि र कार्यक्रमको समिक्षा गरिएको क्लबका सदस्य सतिश निरौला बताए । साधारणसभाको उद्घाटन शत्रमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्सेर राणाले क्लबद्वारा सम्पन्न भएगरेका गतिविधिको प्रसंशा गरे ।
सिङ्गो देशलाई चिनाउने गरि नेपालगन्ज देखि रारासम्मको साइकल दौड प्रतियोगिता साथै फनराइड आयोजना गर्न सुझाव दिदै आफुले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । अगाडी बोल्दै मेयर राणाले नेपालगन्ज बोर्डर देखि कोहलपुरसम्म साइकल लेनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत दिए ।
साधारणसभामा साइकल मैत्री सडक, साइकलका बहुआयमिक विषयमाथि छलफल भएको क्लबका उपाध्यक्ष लवराजश्रेष्ठले सद्भावलाई जानकारी दिए । यस्तै साईकल दुर्घटनामा घाईते भएका नेपालगन्ज वडानम्बर ४, सल्यानीबङ्गला निवासी गोविन्द प्रसाद रिजाललाई आर्थिक सहयोग गरिएको छ ।
रिजाललाई क्लबले एघारहजार नगद सहयोग गरेको उपाध्यक्ष श्रेष्ठले बताए । उपाध्यक्ष श्रेष्ठका अनुसार रिजाल साईकल अभियानकै क्रममा दाङ्गको अमिल्यामा मोटरसाइकलले ठक्कर दिदाँ गम्भीर घाइते भएका थिए । आर्थिक अवस्था कमजोर भएको रिजालका श्रीमती र एक छोरा छन् ।