प्रहरीसंग बालबालिकाको कुरा : बालविवाह न्यूनिकरण गर्न हातेमालो गरौं


प्रहरीसंग बालबालिकाको कुरा : बालविवाह न्यूनिकरण गर्न हातेमालो गरौं

नेपालगन्ज : जिल्लामा बढ्दो बालविवाह रोकथाम तथा न्यूनिकरणका विषयमा प्रहरी र बालबालिकाबीच छलफल शुरु भएकोछ ।

वडा प्रहरी कार्यालय नेपालगन्जको अग्रसरतामा नगरमा रहेका बालबालिका तथा किशोरकिशोरीसंग बालविवाह न्यूनिकरणका विषयमा बहस शुरु गरेको हो ।

विशेषगरि नगरमै बालविवाहका घटना बढ्दै जानु र यसले समाज तथा बालबालिकामा पारेको असरका विषयमा नगरमा रहेका बालबालिका, किशोरकिशोरीसगं वडा प्रहरी कार्यालयले छलफल शुरु गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख डिल्ली बहादुर खड्काले जानकारी दिए ।

बालबिबाह बिरुद्ध प्रहरी अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम गरी बालबिबाहलाई रोक्ने, निस्तेज गर्ने, कानूनको बर्खिलाप गरी बालविवाह गर्न, गराउन खोज्नेलाई कानूनी दायरामा ल्याउनका लागि वडा प्रहरीले यस्तो प्रयास सुरु गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

छलफलमा सहभागि बालबालिका, किशोरकिशोरीले प्रहरीको साथमा सबै पक्षबाट हातेमालो गरि बालबिबाह एक सामाजिक बिकृति, कुरीति तथा अपराध समेत भएकोले यसलाई जरैबाट निर्मूल पार्न हातेमालो गर्ने प्रतिबद्धत दिए ।

सोक्रममा जिल्ला बालक्लब सञ्जाल बाँकेकी अध्यक्ष मेनुका रावत तथा पूर्व अध्यक्ष श्वेता गुरुङ्ग, नगर बालसञ्जाल नेपालगन्जका पूर्व अध्यक्षद्वय अन्जना चर्तुबेदी र साहिल अन्सारीले नगर तथा जिल्लामा बालविवाह र यसका असरका बारेमा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक खड्कालाई जानकारी गराएका थिए ।