कोरोनाको बीमा भुक्तानी लिन यी कागजात चाहिन्छ

बीमा बापत २ हजार बढि व्यक्तिलाई २० करोड रुपैयाँ भुक्तानी


कोरोनाको बीमा भुक्तानी लिन यी कागजात चाहिन्छ

नेपालगन्ज : कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएकोछ ।

समितिले कोरोना बीमाको दावी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले अर्थ मन्त्रालयसँगको छलफलपछि सबै प्रक्रिया पुरा गरेर सात दिन भित्र भुक्तानी दिन निर्देशन दिइएको बताए ।

यसअघि बिमितको नाम र मिति फरक पर्ने गरेको, परीक्षण गरिएका ल्याबहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नभएको र दोहोरो बीमा भएको पाइएकाले त्यसको प्रमाणिकरण गर्न समय लाग्दा दाबी भुक्तानीमा ढिलाई हुदै आएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

तर, अबदेखि प्रमाणिकरणका सबै प्रक्रियाहरु एक साताभित्र पुरा हुने भएपछि बीमाको दाबी भुक्तानी ७ दिन भित्र दिइसक्न समितिले यस्तो निर्देशन दिएको हो ।

कुनै पनि बिमितले बीमा दावी गर्दा पीसिआर परीक्षणमा पोजेटिभ भएको रिपोर्ट, संक्रमित भएपछि होम आइसोलेसनमा बसेको प्रमाणित गर्न सम्बन्धित स्थानीय तहको सिफारिस वा अस्पतालमा उपचार गराएको खण्डमा अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको कागजात सहित नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ ।

समितिका अनुसार अहिलेसम्म नेपालमा करिब २ हजार व्यक्तिले २० करोड रुपैयाँ बराबरको भुक्तानी पाइसकेका छन् । भने अहिले पनि बीमा कम्पनीहरुमा करिब १३ हजार दाबी परेको छ ।