दुई गाउँपालिकाले सस्तो मूल्यमा धान विक्री गर्दै


दुई गाउँपालिकाले सस्तो मूल्यमा धान विक्री गर्दै

नेपालगन्ज : खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) मुख्य शाखा कार्यालय नेपालगन्जले समयमा धान खरिद नगर्दा सस्तो मूल्यमा धान बिक्री गर्न किसान बाध्य भएका छन् ।

संस्थानले धान खरिद गर्न शुरु नगरेपछि स्थानीय महाजनसँग धान बिक्री गर्नु परेको नरैनापुर गाउँपालिका–५, मटेहियाका राजेन्दर यादवले गुनासो सुनाए ।

उनले मोटा धान प्रति क्विन्टल दुई हजार र मध्यम धान प्रति क्विन्टल दुई हजार ५० रुपैँयामा बिक्री गरेको बताए । तर, सरकारले यसबर्ष धानको समर्थन मूल्य मोटा धानको प्रति क्विन्टल दुई हजार सात सय ३५ र मध्यम धानको दुई हजार आठ सय ८५ रुपैँया निर्धारण गरेको छ ।

उनले सरकारले निर्धारण गरेको समर्थन मूल्यका बारेमा आफूलाई जानकारी नभएको स्पष्ट पारे । खाद्य संस्थानले ढिलागरि धान खरिद गर्दा ब्यापारीसँग सस्तो मूल्यमा विक्री गर्न बाध्य भएको डुडुवा गाउँपालिका–३ बनकट्टीका किसान विनोद बर्मा बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनका अनुसार यतिबेला खेतमा गहुँ छर्ने काम भइरहेकोछ । तर हामीलाई धान बिक्री गरि गहुँको बीउ, रासायनिक मल खरिद गर्नुपर्ने बाध्यता भएपछि सस्तो मूल्यमा भएपनि धान बिक्री गरिरहेको बताए । ‘बाध्यतामा सस्तो मूल्यमा धान बेच्दा प्रतिक्विन्टल ६–९ सय सम्मको घाटा खानु किसानका लागि ठूलो विडम्बना हो’ बर्माले थपे ।