नेपालगन्जमा मर्ने र संक्रमित संख्या जिल्लामै बढि
नेपालगन्ज : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा पछिल्लो ७ महिनामा ३४ जनाको मत्यु हुनुको साथै तीन हजार बढि कोरोना संक्रमित भेटिएकाछन् ।
केन्द्रले शुक्रबार जारी गरेको जिल्लाको कोभिड–१९ सम्बन्धि रिपोर्टमा यस्तो देखिएको हो ।
हालसम्म बाँके जिल्लामा ३ हजार ३ सय १३ जना कोरोना संक्रमित रहेकाछन् । जसमा सबै भन्दा बढि नेपालगन्ज उपमहानगरपालिका तथा सबै भन्दा कम डुडुवा गाउँपालिकामा रहेको केन्द्रले जनाएकोछ ।
गत बैशाख १९ गते पहिलो केस भेटिएको बाँकेको नेपालगन्जमा सो यता एक हजार ५ सय ५१ जना सक्रमित भेटिएकाछन् ।
यस्तै कोहलपुर नगरपालिकामा ५ सय ५० जना, खजुरा गाउँपालिकामा २ सय ४८ जना, नरैनापुर गाउँपालिकामा एक सय २२ जना र राप्ती सोनारी गाउँपालिकामा एक सय ४४ जना ब्यक्तिमा कोरोना पुष्टि भएकोछ ।
यसैगरी बैजनाथ गाउँपालिकामा एक सय १२ जना, जानकी गाउँपालिकामा ९३ जना र डुडुवा गाउँपालिकामा ४५ जना ब्यक्तिमा कोरोना पुष्टि भएकोछ ।
केन्द्रका अनुसार बाँके जिल्लामा रहेका कुल कोरोना संक्रममित मध्ये एक हजार ८२ जना महिला र दुई हजार २ सय ३१ जना पुरुष रहेकाछन् ।
यस्तै बाँकेमा हालसम्म कोरोनाबाट मृत्यु भएकामा १३ महिला र २१ पुरुष गरि ३४ जना रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बाँके जिल्लामा रहेका अन्य ४ सय ४८ जनाको संक्रमित भएकाछन् । बाँके बाहिरका २४ जना ब्यक्तिको बाँकेमा उपचारका क्रममा मृत्यु भएकोछ ।