आठौँ राष्ट्रिय खेलकुद: खेलाडी अन्यौलमा


आठौँ राष्ट्रिय खेलकुद:  खेलाडी अन्यौलमा

नेपालगन्ज : राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट भईरहेका बेला प्रतियोगिता सर्छ कि भन्ने अन्यौल देखिएको छ । खेलको मिति सर्दा यसको मार खेलाडीमा धेरै परेको छ ।

समयमै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न दबाब स्वरूप खेलाडीले देश दौडाहा अभियान थालेका छन् । तेक्वान्दोका राष्ट्रिय खेलाडी दिपक बिष्ट, खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ लगायतका खेलाडी मिसन आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अवस्था बुझ्न प्रदेश ५ का विभिन्न जिल्ला घुमिरहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

‘समयमै खेल नहुँदा त्यसको असर खेलाडीलाई धेरै पर्छ । त्यही भएर समयमा खेल आयोजना गराउन दबाब स्वरुप हामी फिल्डमा पुगिरहेका छौँ’ खेलाडी दिपक बिष्टले भने, ‘फिल्डमा पुग्दा गेम छिटो आयोजना होस् भन्ने चाहना रहेको पायौँ ।’ राष्ट्रिय खेलकुद परिषद्लाई चैत भित्र नेशनल गेम आयोजना गर्न दबाब दिने उद्देश्यले हरेक जिल्लामा पुगिरहेको खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले बताउँछन् ।