शुरु भयो ह्याप्पी वर्ल्ड


शुरु भयो ह्याप्पी वर्ल्ड

नेपालगन्ज : कोरोना भाइरस संक्रमणकाबीच कोहलपुरको हवलदारपुरमा ह्याप्पी वर्ल्ड सञ्चालनमा आउने भएकोछ ।

कोरोना भाइरस संक्रमण र यसबाट सिर्जित असहज परिस्थितीका बाबजुत स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पुरा गर्दै ह्याप्पी वर्ल्र्ड फन पार्क सञ्चालनमा ल्याइन लागेको हो । जहाँ पारिवारिक वातावरणसगैं भरपूर आनन्द र मनोरञ्जन प्राप्त गर्न सकिनेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको केन्द्र भागमा रहेको कोहलपुरको हवलदारपुरमा निर्मित अत्याधुनिक फनपार्क भोली सोमबारदेखि सञ्चालनमा आउने भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्ज–कोहलपुर सडकसञ्जालसंग जोडिएको हवलदारपुर स्थित साढे तीन विघा क्षेत्रफलमा फैलिएको उक्त फनपार्क बहुप्रतिक्षा गरिएको फन पार्क हो ।

बाँकेमा सञ्चालनको तयारीमा रहेका तीनवटा मध्ये सबैभन्दा पहिले निर्माणको काम शुरु गरेको फनपार्क ह्याप्पी वर्ल्ड हो । राँझा नजिकको फनपार्क निर्माणाधिन छ भने यो भन्दा पहिले नेपालगन्जको भवनीयापुरमा रहेको फनपार्क केही समय अघि सञ्चालनमा आइसकेकोछ ।

ह्याप्पी वर्ल्ड वाटर फन एण्ड एम्युज्मेन्ट पार्क नाम रहेको उक्त पार्कमा स्काई साइक्लिङ्ग, जिपप्ले, बुल राईड, जाइन्ट सिरिङ्ग, वाल क्लाम्बिङ्ग र बच्चाहरुको लागि बञ्जि लगायतका आर्कषक एवम मनोरञ्जनात्मक सुविधाहरु रहेकाछन् ।

विशेषगरि युवा तथा किशोरकिशोरीको आर्कषकको रोजाई मध्येको एक बुल राईडको मजा लिन ह्याप्पी वर्ल्डमा जानुपर्ने हुन्छ । बाँकेमै पहिलोपटक एकमात्र बुल राईड ह्याप्पी वर्ल्डले सञ्चालनमा ल्याएकोछ ।

कोरोना भाइरस संक्रमणका कारण केही ढिलो गरि सञ्चालनमा ल्याइएको यसका सञ्चालक विजय भण्डारी (बासु) ले सेतोखरीलाई जानकारी दिए ।

भण्डारीले भने–‘३५ करोड लागतमा निमार्ण गरिएको फनपार्क जिल्लाकै पहिलो फनपार्क भएपनि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सञ्चालनमा ढिलोगरि ल्याएकाछौं । हाम्रो फनपार्कमा उपलब्ध केही विधाहरु अन्य फनपार्कमा पाउन सक्नुहुन्न ।’

ह्याप्पी वर्ल्डमा वाटर फनका साथै रेष्टुरेण्ट र ब्यांकेटसम्मको सुविधा हुनेछ । सोमबारदेखि सर्वसाधरणका लागि सञ्चालनमा ल्याइन लागेको फनपार्कमा पहिलो दिन प्रवेश निःशुल्क रहनेछ । यद्यपी फनपार्क भित्रका गेमिङ्ग आनन्द लिनका लागि भने शुल्क तिर्नुपर्ने सञ्चालक भण्डारीले बताए । उनले भने–‘पहिलो दिन हामी निःशुल्क प्रवेश गराउनेछौं । त्यसपछिका दिनमा प्रवेश शुल्कबापत प्रतिब्यक्ति एक सय रुपैयाँ लिइनेछ ।’

भण्डारीले अगाडी थपे –‘स्वीमिङ्ग पुल लगायतका अन्य सुविधालाई कोरोना भाइरस संक्रमणको जोखिम घटेसगैं सञ्चालनमा ल्याइनेछ । सो बेला फनपार्कको ग्राण्ड ओपेनिङ्ग गरिन्छ । मनोरञ्जन र स्विमिङ्गकै लागि लखनऊ वा काठमाण्डौ जानेहरुले घरअगाडीनै त्यो सुविधा पाउनुहुनेछ ।’

कोहलपुर क्षेत्र र नेपालगन्ज क्षेत्रसगैं छोटो दूरीमा आउन सक्ने केही टाढाका सर्वसाधरणका लागि यो फनपार्क सवैभन्दा उपयुक्त र सहज पार्क हुनेछ । किन भने नेपालगन्ज–कोहलपुर सडकसगं जोडिएकोले माईक्रोबाट ओर्लने वित्तिकै फनपार्क भित्र पस्न सकिन्छ । ठाँउ चिन्न र सवारी साधन पाउन सजिलो छ ।

समग्र फनपार्कको सुरक्षालाई यसक्षेत्रमै ख्याती कमाएको रक्षक सेक्युरिटीज कम्पनीले २४ सै घण्टा सुरक्षा दिने भएकाले फनपार्कभित्र अबान्छनिय र अनैतिक कार्यमा सिसीटिभिबाट निगरानी गरिने भन्दै सुरक्षित र भरपर्दो ब्यवस्थापन रहेको सञ्चालक भण्डारीले बताए ।

पछिल्लो समय बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रलाई जोडेर मनोरञ्जन हवको रुपमा विकास र विस्तार गर्नुको साथै रोजगारीको लागि युवाहरुलाई अवसर सृजना गरि पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ यस्ता फनपार्क निर्माण र सञ्चालनको तयारी तिव्र पारिएकोछ ।