नेपालगन्ज जुवा काण्ड

जुवाडे छुट्ने अनिश्चित, मेघाश्री मालिक सन्तोष, तरुण र मेघनाथ अदालत चलान हुने


जुवाडे छुट्ने अनिश्चित, मेघाश्री मालिक सन्तोष, तरुण र मेघनाथ अदालत चलान हुने

नेपालगन्ज : नेपालगन्जको जुवा केस झनझन गम्भीर बन्दै गएको छ । बाह्र दिन अघि नेपालगन्ज बसपार्क नजिकबाट पक्राउ परेका नामुद जुवाडेहरु छुट्ने अनिश्चित भएकोछ । जुवाडे मध्ये तीन जनालाई भने अदालत चलान गरिने भएकोछ ।

जुवाडेहरुले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत भित्रबाट पैसा र पावर देखाउन थालेपछि पक्राउ परेका जुवाडेहरु छुट्ने अनिश्चित भएको हो ।

विभिन्न माध्यमबाट जुवाडेहरुले प्रहरी र प्रशासन प्रमुखलाई पैसाको प्रलोभन र माथिल्लो निकायबाट छुट्नलाई पावर लगाएपछि बाँकेका एसपी ओमबहादुर राना र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जुवाडेको मुद्दा लम्ब्याइदिएका हुन् ।

बाँकेका एसपी रानालाई सेतोखरीले जुवाडेहरु कहिले छुट्छन् त ? भनी आईतबार बेलुका प्रश्न गर्दा उनले जवाफ दिए–‘जुवाडेहरु छुट्ने अनिश्चित रहेकोछ । कहिले छुट्छन् अहिले भन्न सकिने अवस्था छैन ।’

Kanti Aarogya Hospital Nepalgunj

कार्तिक १२ गते बसपार्क स्थित भूपू असई कृष्ण सुवेदीको घरबाट नगद २९ लाख ४८ हजार ७ सय रुपैयाँ सहित दश जना जुवाडे पक्राउ परेका थिए ।

दश जना जुवाडे मध्ये वर्षैभरी जुवा खेलाउने जुवा नाईके तरुण गौतम, मेघाश्री गुट्खाका मालिक सन्तोष ओली र मेघनाथ कुचबधियालाई भने अदालत चलान गरिने भएकोछ ।

अन्य जुवाडे भने यी तीनजना भन्दा जिल्ला प्रशासन कार्यालय बाँकेबाट छिटो छुट्नेछन् । एसपी रानाले पटक–पटक जुवा खेलेकोमा पक्राउ परेकाले यी तीन जनालाई अदालत चलान गर्न थालिएको जानकारी दिए ।

‘गौतम, ओली र कुचबधिया धेरै पटक जुवा खेलेकोमा पक्राउ परेको प्रहरी रेकर्डमा रहेकोछ । त्यसकारण ‘पटके’ जुवाडे अन्तरगत यीनीहरुलाई अदालतबाट मुद्दा चलाइनेछ ।’ एसपी रानाले सेतोखरीसंग भने । अदालत पेश गरिए गौतम, ओली र कुचबधियालाई हदैसम्मको जरिवाना र कैद सजाय हुने कानूनी ब्यवस्था छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले पटके जुवाडेलाई अदालतबाट मुद्दा चलाइने जानकारी दिए । ‘अरु जुवाडे छिटो छुट्ने छन् । पटके जुवाडेहरुको भने अदालतमा मुद्दा चल्नेछ र उनीहरुलाई हदैसम्मको सजाय हुनेछ ।’

पक्राउ परि प्रहरी हिरासतमा रहेका जुवाडेहरुमा बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ बस्ने सन्तोष थापा, वडा नम्बर–६ बस्ने मेघनाथ कुचबधिया, फिक्स सपिंगका मालिक वडा नम्बर–४ बस्ने नविन घिमिरे, वडा नम्बर– १० बस्ने टोप बहादुर शाही, वडा नम्बर–४ बस्ने पब्लु भण्डारी, वडा नम्बर–४ बस्ने तरुण गौतम, वडा नम्बर–७ बस्ने रविन राणा, मेघाश्री गुट्खाका मालिक वडा नम्बर–४ बस्ने सन्तोष ओली, वडा नम्बर– ४ बस्ने कृष्ण बहादुर सुवेदी, वडा नम्बर–१ धम्बोझी बस्ने मुस्लिम अगुवा रहमान मियाँ रहेका छन् ।