नेपालगन्जमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिने


नेपालगन्जमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिने

नेपालगन्ज : उपभोक्ता अधिकारबारे आम नागरिकलाई सचेत गर्न नेपालगन्जमा उपभोक्ता शिक्षा सञ्चालन गरिने भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको अध्यक्षतामा आईतबार बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले उपभोक्ता अधिकारबारे सर्वप्रथम उपभोक्ता लगायत सबैलाई सचेत गराउन विभिन्न प्रचारात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले ब्यवसाय दर्ता र कर संकलन ब्यवस्थित गर्न सम्बद्ध कार्यालयसहितको समन्वय बैठक आयोजना गर्ने समेत निर्णय गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरी ५ लाखसम्मको लगानीमा सञ्चालन हुने उद्योग ब्यवसाय स्थानीय तहमा दर्ता हुने भएकाले त्यसका लागि निर्देशिका तथा कार्यविधि बनाइनेछ ।

यस्तै अनुज्ञापत्र वितरणका सम्बन्धमा दुग्ध ब्यवसायीसँग छलफल गरिने, नियमित बजार अनूगमन कार्यलाई निरन्तरता दिने समेत बैठकले निर्णय गरेको उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माले जानकारी दिए ।

बैठकमा बाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उजिर न्यौपाने, खाद्य प्रविधि कार्यालयका विवेकुकमार सुवेदी, उपभोक्ता हित संरक्षण मञ्चका प्रभातकुमारी ठकुरी लगायतको सहभागिता रहेको थियो ।