नेविसंघ सिटिइभिटी लुम्बिनी प्रदेश विस्तार


नेविसंघ सिटिइभिटी लुम्बिनी प्रदेश विस्तार

नेपालगन्ज : नेपाल विद्यार्थी संघ प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) लुम्बिनी प्रदेश समन्वय समिति विस्तार गरिएको छ ।

समितिको प्रदेश अध्यक्षमा सूर्यनारायण बटाला क्षेत्री रहेकाछन् । अध्यक्ष क्षेत्रीले उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु समेत मनोनयन गरेकाछन् ।

नयाँ विस्तारित कार्यसमितिमा दुई जना उपाध्यक्ष, एक जना सचिव, दुई जना सह–सचिव, एक जना कोषाध्यक्ष र १४ जना कार्यसमिति सदस्य रहेकाछन् ।

समन्वय समितिको उपाध्यक्षमा रुपन्देहीकी विजेता अर्याल र अर्घाखाँचीका मुकुन्द आचार्य, सचिवमा प्यूठानका राजेन्द्र एमसी, सहसचिवमा प्यूठानका गणेश खनाल र गुल्मीका नीरज शर्मा तथा कोषाध्यक्षमा अर्घाखाँचीका हरि घिमिरे मनोनय भएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै सदस्यहरुमा बाँकेका हिमबहादुर शाह, विष्णु शर्मा, जगत सुवेदी र विकास थारु गरी ४ जना रहेकाछन् । भने अन्य सदस्यहरुमा गुल्मीका अमृत भण्डारी, पाल्पाका प्रमोद श्रेष्ठ, अर्घाखाँचीका नारायण घिमिरे, रोल्पाका गोपाल विश्वकर्मा, कपिलबस्तुका सुरेन्द्र गुप्ता, रुपन्देहीकी शान्ति अर्याल, पूर्व रुकुमका रविन बुढा, बर्दियाका कविराज केसी र नवलपरासीका रमित थापा रहेकाछन् ।