जुम्लामा ५ शैयाको कोभिड अस्पताल सञ्चालन


जुम्लामा ५ शैयाको कोभिड अस्पताल सञ्चालन

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालमा अहिले आइसोलेसनका लागि शैया मात्र राखिएको छ ।

गाउँपालिका अध्यक्ष न्यौपानेले भने– ‘विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ । कोभिड अस्पतालमा आवश्यकपर्ने सबै सुविधा उपलब्ध गराउनको लागि स्थानीय सरकार लागि परेको छ ।’

तातोपानी कोभिड अस्पताल जिल्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये पहिलो बनेको अस्पताल हो । अब कोभिड अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरसहितको उपकरण थप्ने उनले जानकारी दिए ।

केन्द्र सरकारले कोभिड अस्पताल निर्माणको लागि रु १० लाख पठाएको थियो । गाउँपालिकाका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईँ कोरोना सङ्क्रमितको उपचार र रेखदेख कोभिड अस्पतालले गर्ने बताए । सो अस्पातलमा अहिले दुई नर्स र एक जना कार्यालय सहयोगी कार्यरत रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

गत चैतदेखि १२ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये पाँच जना निको भएर घर फर्किसकेका छन् । गाउँपालिकाभरी ८०० भन्दा बढीको पीसिआर परीक्षण गरिएको छ । गाउँपालिकामा ५० शैयाको आइसोलेसनसमेत स्थापना भएको छ । कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दासमेत मेडिकल अधिकृत भेटिएकाका छैनन् । यसका कारण चिकित्सकीय सेवा दिन सकिएको छैन् । यहाँका हरेक गाउँपालिकामा पाँच शैयाको कोभिड अस्पताल निर्माण गर्ने परिपत्र र बजेट स्थानीय तहमा आए पनि अन्य स्थानीय तहले अस्पताल निर्माण गर्न सकेका छैनन् ।

गाउँपालिकामै कोभिड अस्पताल निर्माण हुँदा निकै सहज हुने स्थानीय बताउँछन् । उनीहरु अब सङ्क्रमितको पनि गाउँमै रेखदेख, नियमन र उपचार हुने भन्दै स्वास्थ्यका हिसाबले निकै राम्रो भएको अनुभूति भइरहेको स्थानीयवासी लकं बुढाले जानकारी दिए । -रासस