१०४ किसानलाई पावर टिलर बितरण


१०४ किसानलाई पावर टिलर बितरण

नेपालगन्ज : खजुरा गाउँपालिकाले किसानलाई पावर टिलर वितरण गरेकोछ । खजुरा गाउँपालिकाका १०४ जना किसानलाई पावर टिलर खजुराको बी गाउँमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको हो ।

खजुरा गाउँपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरेको जनाएको छ । खजुरा गाउँपालिका ८ वटै वडाका कृषि समूहमा आबद्व तथा अन्य गरि १०४ जना कृषकलाई अनुदान स्वरुप मिनी पावर टिलर वितरण गरिएको गाउँपालिकाक प्रमुख किस्मत कुमार कक्षपतीले जानकारी दिए ।

गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कृषि शाखा प्रमुख पुनम पोखरेलले किसानलाई पावर टिलर संयुक्तरुपमा वितरण गरेका हुन् ।

सो अवसरमा बोल्दै पालिका प्रमुख कक्षपतिले कृषिको आधुनिकीकरण, व्यवसायिककरण र यान्त्रिकिकरणमार्फत खजुरालाइ आत्मनिर्भर गराउने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

उनले विदेशबाट फर्किएका युवाहरूलाई विना धितो सहुलियत ऋण उपलब्ध गराउन बैंकसंग सहकार्य भैरहेको जानकारी दिए ।
कार्यक्रममा उपप्रमुख एकमाया विकले प्राप्त गरेका कृषि उपकरणको सही सदुपयोग गरि कृषिमा आत्मनिर्भर हुन आग्रह गरिन ।

प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले पालिकाले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारेको बताए । कृषि शाखा प्रमुख पुनम पोखरेलले कृषकको ५० प्रतिशत २६ हजार २५० र बाँकी पालिकाको लगानीमा अपनत्व हुने गरि कृषियन्त्र वितरण गरिएको बताइन ।