नेपालगन्ज : खजुरा गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन बिना धितो बैंकबाट ऋण पाउने व्यवस्था गरेको छ ।
गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति र राष्ट्रिय बाणिज्य बैंकका लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानमा सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरेपछि गाउँपालिकाका एक सय युवाले यो सुविधा पाउने भएकाछन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बिना धितो सहुलियत कर्जा प्रदान गर्ने नीति अवलम्बन गरेको थियो । कृषि तथा पशुपालन, सीपमूलक र उत्पादन लगायतका विभिन्न ७ शीर्षकमा प्रवाह गरिने सहुलियत कर्जाका लागि करिब एक सय युवालाई गाउँपालिकाको सिफारिसमा प्रदान गर्नेछ ।
हस्ताक्षर कार्यक्रममा अध्यक्ष कक्षपतिले भने, ‘स्थानीय सरकार जमानी बसेर प्रवाह गरिने सहुलियत कर्जाको लागि भोलिदेखि नै कार्यान्वयनमा जानेछ ।’
बाणिज्य बैंकका लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले बैंकले विभिन्न ७ शीर्षकमा प्रवाह गरिने सहुलियत कर्जा महिला उद्यमीका लागि एक दशमलव ६ प्रतिशत र अन्य कर्जामा २ दशमलव ६ प्रतिशत व्याज रहेको बताए । एक जना उद्यमीले कम्तीमा ७ लाख रुपैयाँदेखि बढीमा १५ लाख रुपैयाँसम्म बिना धितो ऋण पाउँछन् । उनले निर्वाहमुखी नभई व्यवसायीकरणमा जानका निम्ति सहुलियतपूर्ण कर्जा दिने गरेको बताए ।
खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले सीपको पहिचान गर्दै उत्पादनमा जोडन सहुलियतपूर्ण कर्जा रहेको बताइन् । राष्ट्रिय बाणिज्य बैंक कृषि ऋण अधिकृत रोशन सुवेदीले ७ वटा शीर्षकमा प्रदान गर्ने सहुलियतपूर्ण कर्जाबारे जानकारी दिदै ब्याज जोगाउनु नै व्यवसायीको लागि ठूलो उपलब्धि हुने बताए ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा