बाँकेका ८ महिला सहित थप १६ जनामा कोरोना संक्रमण


बाँकेका ८ महिला सहित थप १६ जनामा कोरोना संक्रमण

नेपालगन्ज : बाँकेमा सञ्चालित तीन वटा प्रयोगशालाबाट थप १६ जना ब्यक्तिमा कोरोना संक्रमण भएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँक्ेका अनुसार ८ महिला र ८ पुरुष गरि बाँकेका थप १६ जना ब्यक्तिमा कोरोना क्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ११ जना, नेपालगन्ज मेडिकल कलेज शक्षिण अस्पताल कोहलपुरको प्रयोगशालबाट २ जना र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट ३ जना गरि १६ जनामा कोरोना पुष्टि भएको हो ।

केन्द्रका अनुसार योसगैं बाँकेमा कुल कोरोना संक्रमित संखष्या तीन हजार ४ सय ४८ पुगेकोछ । भने मङ्गलबार नै ३७ जनाले कोरोना जितेर डिस्चार्ज भएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेमा मङ्गलबार बेलुकासम्म तीन हजार १ सय २९ जना निको भएकाछन् भने २८८ जना सक्रिय संक्रमित रहेको केन्द्रले जनाएकोछ ।

हालसम्म बाँकेमा १३ महिला र २२ पुरुष गरि ३५ जना तथा बाँके बाहिरका १० महिला र २४ पुरुष गरि २४ जना सहित कुल २३ महिला र ४६ पुरुष गरि ६९ जनाको कोरोना संक्रमणबाट ज्यान गएकोछ ।