नेपालगन्ज : बाँके प्रहरीले ७ किलो अफिम सहित दुईजनालाई पक्राउ गरेकोछ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २, बसपार्क स्थित भेरी गेष्ट हाउसबाट मङ्गलबार बेलुकी अन्दाजी पाँच बजे ७ किलो अफिम सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
कोहलपुर बसपार्क स्थित भेरी गेष्ट हाउसको कोठा नमबर १०५ मा लागु औषध अफिम कारोबार भइरहेको खबर पाएको बाँके प्रहरीले छापा हान्दा जाजरकोट नलगाढ नगरपालिका वडा नम्बर ९ निवासी ४५ वर्षिय जय बहादुर सिंह र सोही ठाउँ बस्ने ४५ वर्षिय विरेन्द्रमान सिंहलाई लागु औषध अफिमसहित पक्राउ गर्न सफल भएको छ ।
लागु औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा संकास्पद अवस्थामा रहेका जाजरकोट नलगाढ नगरपालिका वडा नम्बर ९ बस्ने यी दुई ब्यक्तिको खानतलासी लिंदा उनीहरुको साथमा रहेको कालो रंगको झोला भित्र ७ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा लागुऔषध अफिम बरामद गरी आवश्यक अनुसन्धान एवं कारवाही अगाडि बढाईएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
प्रहरीका अनुसार लागु औषध तथा नियन्त्रण ऐन २०३३ अनुसार १५ वर्ष देखी जन्म कैद र ५ लाख देखी २५ लाखसम्मको जरिवाना हुनेछ ।
लायन्स र राेयल्सका राेचक भेट : लुम्बिनीलाई ताज जाेगाउने चुनाैती, बदलाकाे रणनीतिमा सुदूरपश्चिम
बाँकेका सांसद खगेन्द्रको फेरि ‘इन्कारी स्पष्टीकरण’, छानबिन झन् जटिल र लामो हुने
डुडुवाले राप्तीमा जबर्जस्ती उत्खनन् गर्न थालेपछि राप्ती सोनारीको विरोध
श्रीमतिको हत्या गरेर आफू रुखमा झुन्डिए उमेश, चार वर्षीय छोरा पनि घाइते
बाँकेमा शान्तिपूर्ण भयो मूर्ति बिसर्जन, प्रहरी प्रमुख जिसी भन्छन्, ‘हामी पहिलादेखि नै समुदायमै थियौं’
बाँकेकाे कसुमनजिकै दुई कार जुधे एकजनाको मृत्यु, छ जना घाइते