बर्दिया : बर्दियामा हिन्दुराज्य र राजसस्थाको पुनस्र्थापनाको माग गर्दै आयोजना गरिएको मोटरसाइकल ¥यालीमा प्रहरीले हस्तक्षेप गरेकोछ ।
बर्दियाको बाँसगढि बजारबाट शुरु भएको मोटरसाइकल ¥याली मैनापोखर सितलावजार, गुलरिया, लालीबजार र भुरीगाउ हुदै पुनः बाँसगढिमा पुगेर समापन हुने मोटरसाइकल रयालीको पूर्व योजना रहेको थियो । तर, बर्दिया प्रहरीले गुलरिया प्रबेश गर्न नदिई भादा पुलमै रोकेको भन्दै युवाले आपत्ती जनाइएको हुन ।
नेपालको झण्डा सहित मोटरसाइकल ¥यालीमा सयौंको सख्यामा रहेका युवालाई प्रहरीले भादा पुलबाट गुलरिया छिर्न दिएन सो क्रममा प्रहरीले बल प्रयोग गर्ने चेतावनी दिएपछि ¥याी सोही स्थानबाट फर्किएको थियो ।
यसैबिच राजसस्था र हिन्दुराज्यको माग गर्दै आयोजना गरिएको मोटरसाइकल ¥यालीलाई प्रहरी प्रशासनले रोकेको भन्दै ¥यालीका अगुवा तथा राप्रपाका केन्द्रिय प्रशिक्षक लिलाधर शर्माले देशका विभिन्न स्थानमा हिन्दुराज्य र राजसस्थाको समर्थनमा भएका प्रदर्शनले आफुलाई गणतन्त्रको नायक भन्नेहरु डराएको बताए ।
मोटरसाइकल ¥याली भएको हुँदा कुनै कोण सभा नभएको अवस्थामा पनि आफुहरुलाई गुलरिया प्रवेशमा रोक लगाईनुले प्रहरी प्रशासन आफुलाई गणतन्त्रको नेतृत्वकर्ता भन्नेबाट परिचालित भएको बताउँदै शर्माले आम नागरिकले अब हिन्दुराज्य र राजसंस्थाको पुर्नस्थापनाको आवाज उठाइरहेका बेला गणतन्त्रबादिहरु डरले थर–थर कापिरहको बताए ।
भारतमा भएको १२ बुँदे सहमतिका आधारमा निर्माण गरिएको संविधानले विश्वको एक मात्र हिन्दुराज्य नेपाललाई धर्मनिरपेक्ष बनाएको भन्दै अब पुन हिन्दुराज्य आजको आवश्यकता भएको उनले बताए ।
यता जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्ष केदार रजौरेले कोरोना माहामारीको कारण भेला, खेलकुद ¥याली लगायतका कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको अवस्थामा बाँसगढिबाट गुलरिया आउँदै गरेको ¥यालीलाई भादा घाटमा रोकी फिर्ता पठाइएको बताए ।
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए