कौशिलानगरकी ३२ वर्षिया युवतीको मृत्यु


कौशिलानगरकी ३२ वर्षिया युवतीको मृत्यु

नेपालगन्: : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पाल कोहलपुमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएकोछ ।

बाँके कोहलपुर नगरपालिका वडा नम्बर १, कौशिलानगरकी ३२ वर्षिया महिलाको बिहीबार राती १२ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो । योसगैं बाँकेमा कोरोना संक्रमित ३६ जनाको मृत्यु भएकोछ ।

श्वासप्रश्वासमा समस्या आएपछि कार्तिक २५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएकी ती महिलालाई कोरोना भाइरस संक्रमणको आशंकामा २६ गते स्वाब संकलन गरि परीक्षण गरिएको थियो ।

सोही दिन आएको स्वाव परीक्षणको रिर्पोटमा उनमा कोरोना पोजेटिभ पाइएको थियो । कोरोना पोजेटिभ पाइएपछि रोगको प्रकृति अनुसार गरिनुपर्ने सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दा गर्दै उनको स्वास्थ्यको अवस्था सुधार नभएपछि उपचारकै क्रममा आज उनको निधन भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

केन्द्रका अनुसार मृतक कोरोना संक्रमित ती महिलालाई श्वासप्रश्वासमा समस्या भइ निमोनिया भएर मृत्यु भएको हो ।