बाँकेका ३१ जनासहित ५५ जनामा कोरोना पुष्टि


बाँकेका ३१ जनासहित ५५ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेमा रहेका तीन प्रयोगशालाबाट २६ महिलासहित थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले बिहीबार बेलुका जारी गरेको तथ्यांक अनुसार बाँकेका १६ महिला र १५ पुरुष गरि ३१ सहित थप ५५ जनामा कोरोना संक्रमण पाइएको हो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ८ महिला र ११ पुरुष सहित १९ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ६ महिला र ३ पुरुष सहित ९ जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट २ महिला र १ पुरुष सहित बाँकेका ३१ जनाममा कोरोना पुष्टि भएको छ ।

योसगैं बाँकेमा कुल कोरोना संक्रमित संख्या तीन हजार ५ सय २२ पुगेकोछ । भने बिहीबार नै बाँकेका विभिन्न अस्पताल तथा आईसोलेसनमा रहेका ४४ जनाले कोरोना जितेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

केन्द्रका अनुसार बाँकेमा बिहीबारसम्म २९२ जना सक्रिय संक्रमित रहेका छन भने कोरोना जित्नेको संख्या तीन हजार एक सय ९४ पुगेकोछ ।

बिहीबार बाँकेमा एक जनाको मृत्यु भएसगैं बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६ पुगेकोछ । भने बाँकेमा उपचारका क्रममा बाँके बाहिरका ३४ जनाको ज्यान गएकोछ । कुल २४ महिला र ४६ पुरुष सहित ७० जनाको ज्यान गएकोछ ।

यस्तै भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ६ महिला र ७ पुरुष सहित १३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ३ महिला र ४ पुरुष सहित ७ जना तथा बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनक सेन्टर कोहलपुरको प्रयोगशालाबाट १ महिला र ३ पुरुष गरि जम्मा २४ जना बाहिरी जिल्लाका ब्यक्तिमा कोरोना पुष्टि भएकोछ ।