कोरोना संक्रमित तुलसीपुरकी ७७ वर्षिया बृद्धाको कोहलपुरमा मृत्यु


कोरोना संक्रमित तुलसीपुरकी ७७ वर्षिया बृद्धाको कोहलपुरमा मृत्यु

नेपालगन्ज : कोरोना संक्रमित दाङकी ७७ वर्षिया महिलाको कोहलपुरमा निधन भएकोछ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी ७७ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार यसअघि बाँकेबाहिरका ४८ जना संक्रमितको उपचारका क्रममा निधन भएकोछ ।

स्वास्थ्यमा समस्या आई कार्तिक ५ गते अस्पतालमा भर्ना गरिएकी ती महिलामा कोरोना भाइरस संक्रमणको आशंकामा सोही दिन स्वाब संकलन गरि जाँच गरिएको थियो । कार्तिक ६ गते आएको पीसिआर रिर्पोटमा कोरोना पोजेटिभ पाइएकी ती महिलाको रोगको प्रकृतीअनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दा कार्तिक १० गते राती १२ः१५ बजे मृत्यु भएको केन्द्रले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मृतक ती महिलाको उपचारका लागि अक्सिजन थेरापी, रेमडिसिभर र भेन्टिलेटरमा राखी उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभई दुबैतर्फको फोक्सोको निमोनिया भएर मृत्यु भएको हो ।