देशभर थप १९४८ जनामा कोरोना संक्रमण


देशभर थप १९४८ जनामा कोरोना संक्रमण

नेपालगन्ज : नेपालमा थप एक हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९ सय ४८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ । यो सहित नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार एक सय ४० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७ हजार ९९८ पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबार बेलुकासम्म देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ९ हजार २१० जनाको पीसिआर परीक्षण भएको छ ।

यस्तै नेपालमा कोरोना संक्रमित थप २८ जनाको मृत्यु भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्रालयका अनुसार यसअघि मङगलबार २४ जनाको मृत्यु भएको थियो ।