बाँकेमा सक्रिय कोरोना संक्रमित १८१ जना मात्र


बाँकेमा सक्रिय कोरोना संक्रमित १८१ जना मात्र

नेपालगन्ज : बाँकेमा सञ्चालित तीन वटा प्रयोगशालाबाट थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँके जिल्लाका २५ तथा बाँके बाहिरका २४ गरि थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

केन्द्रका अनुसार कोरोना पुष्टि हुनेमा भेरी अस्पताल नेपलागन्जको प्रयोगशालाबाट ६ महिला र ११ पुरष गरि १७ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ४ महिला र बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लििनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट ४ पुरुष सहित बाँकेका थप २५ जनामा कोरोना पुष्टि भएको छ ।

बाँकेका बुधबार थपिएका कोरोना संक्रमित सगैं बाँके जिल्लामा कुल कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ७ सय ७३ पुगेकोछ । भने बुधबार नै बाँकेका थप २३ जना संक्रमितले कोरोना जितेकाछन । योसंगै बाँकेमा कोरोना जित्नेको संख्या तीन हजार ५ सय ८१ जना रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

केन्द्रका अनुसार बाँकेमा बुधबार बेलुकासम्म १५ महिला र २३ पुरुष सहित ३८ जना संक्रमितको निधन भइसकेकोछ भने हालसम्म जिल्लामा एक सय ८१ जना सक्रिय संक्रमित रहेकाछन् ।

यस्तै बुधबार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ३ महिला र १३ पुरुष सहित १६ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट २ महिला र ६ पुरुष गरि ८ सहित जम्मा २४ जना बाँके बाहिरका ब्यक्तिमा कोरोना पुष्टि भएकोछ ।

केन्द्रका अनुसार हालसम्म बाँकेमा आई उपचारका क्रममा बाँके बाहिरका १० महिला र ३९ पुरुष सहित ४९ जनाको मृत्यु भइसकेकोछ ।