ज्ञानेन्द्रसहित तीन जनालाई कोरोना लाग्यो


ज्ञानेन्द्रसहित तीन जनालाई कोरोना लाग्यो

नेपालगन्ज : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेट खेलाडीलाई कोरोना भाइरस लागेकोछ । कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना संक्रमण देखिएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्लले आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिँदै अहिले होम क्वारेन्टिनमा रहेको बताए ।

मंगलबार टीयू क्रिकेट मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक व्यवस्थापक विक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पीसिआर परीक्षण गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपाली राष्ट्रिय क्रिकेटका खेलाडीहरु सुवास खकुरेल, सन्दीप लामिछाने, शरद भेषवाकर, वसन्त रेग्मी र करण केसीको कोरोना परीक्षण गरिएको थिएन । उनीहरु बन्द परीक्षणका लागि आइनसकिएको जनाइएको छ ।

बन्द परीक्षणमा रहन कोरोना परीक्षण गराएका अरु सबै खेलाडीको कोरोना नेगेटिभ देखिएको छ ।