नर्सिङ लाइसेन्सको परीक्षा हुँदै


नर्सिङ लाइसेन्सको परीक्षा हुँदै

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका बीच आगामी शनिबार नेपाल नर्सिङ काउन्सिलको लाइसेन्सको परीक्षा हुने भएकोछ ।

अगामी शनिबार अर्थात मंसिर १३ गते दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) परीक्षाका लागि देशभरबाट जम्मा एक हजार ३३८ जनाले मात्र फारम भरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

काउन्सिलले करिब तीन हजार बढी परीक्षार्थी परीक्षामा सहभागि हुने अनुमान गरेको थियो । तर, कोरोना भाइरस संक्रमणको प्रभावका कारण यसपटक लाइसेन्स परीक्षामा कम विद्यार्थी सहभागी हुने काउन्सिलले जनाएको छ ।

परीक्षामा कम विद्यार्थी सहभागी भएपनि कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यसपटक काठमाडौंमा मात्र परीक्षा केन्द्र राख्ने निर्णय काउन्सिलले गरेको छ ।