अस्ताए विश्व विख्यात फुटबलर म्याराडोना


अस्ताए विश्व विख्यात फुटबलर म्याराडोना

नेपालगन्ज : फुटबलका विश्व विख्यात खेलाडी म्याराडोनाको निधन भएकोछ ।

विश्व विख्यात फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा आज (बुधबार) मृत्यु भएको बीबीसीले जनाएको छ ।

अर्जेन्टिनाका पूर्व मिडफिल्डर म्याराडोनाको हालै दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो ।

दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएर घरमै आराम गरिरहेका म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा उनी कप्तान थिए । उनले बार्सिलोना र नापोलीबाट पनि खेलेका थिए ।

अर्जेन्टिनाबाट ९१ खेल खेल्दै उनले ३४ गोल गरेका छन् भने क्लब फुटबलमा ४९० खेल खेल्दा २५४ गोल गरेका छन् । म्याराडोनालाई विश्वका महान् फुटबल खेलाडीहरुमध्येको एक मानिन्छ ।