नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष केसीलाई कोरोना लाग्यो


नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष केसीलाई कोरोना लाग्यो

नेपालगन्ज : नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष टेक बहादुर केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३, उदयपुर स्वास्थ्य चौकीको ईन्चार्ज समेत रहेका केसीलाई स्वास्थ्यमा समस्या आएपछि मंगलवार कोरोना परीक्षणका लागि स्वाव संकल गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

भेरी अस्पतालन नेपालगन्जको प्रयोगशालामा स्वाब परीक्षण गर्दाे बुधवार आएको रिपोर्टमा पोजेटिभ पाइएको हो ।

रुघाखोकी र ज्वरो आएपछि उनले स्वाब परीक्षण गराएका थिए । बाँके कोहलपुर नगरपालिका वडा नम्बर– १४ हवल्दारपुर निवासी ५६ वर्षीय केसीलाई अहिलेपनि रुघाखोकी र ज्वरो पाइएपछि अहिले उनी होमआइसोलेसनमा बसि स्वास्थ्य लाभ लिइरहेकाछन् ।