नेपालगन्ज : बिरामी बोकेको पिकअप भ्यान त्रिशुलीमा खस्दा दुई जनाको मृत्यु भएकोछ ।
प्युठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको लु १ च ९७३१ नम्बरको भ्यान चितवनको ईच्छाकामना गाउँपालिकास्थित पृथ्वी राजमार्गको नाग्दी खोला नजिकैबाट त्रिशूली नदीमा खसेको थियो ।
त्रिशुलीमा भ्यान खस्दा तीन जना वेपत्ता भएका थिए । भ्यान दुर्घटना भएको खबर पाएलगत्तै गोताखोर टोली परिचालन गरी दुईजनाको शव निकालिएको हो ।
गाडी भित्रबाट चालक प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र एक महिलाको शव निकालिएको प्रहरीले जनाएकोछ ।
भ्यानमा रहेका प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का नदीमा पौडी खेलेर बाहिर निस्किएका छन् भने बेपत्ता तीन मध्ये दुई जनाको शव फेला परेको छ ।
गाडीमा ३३ वर्षीया जमुना रोक्का र उनकी १५ वर्षीया बिरामी छोरी जिनिसा रोक्का पनि थिए । भ्यान राजमार्गबाट करिब ६० मिटर तल खसेको छ ।
उक्त भ्यानलाई नदीले पुरै डुबाएको थियो । पौडी खेलेर उत्रिएका रोक्काको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । भने बेपत्ता मध्ये एक जनाको यतिबेला खोजी जारी रहेको प्रहरीले जनाएकोछ ।