दाङका ४२ वर्षिय पुरुषको भेरीमा उपचारका क्रममा मृत्यु


दाङका ४२ वर्षिय पुरुषको भेरीमा उपचारका क्रममा मृत्यु

नेपालगन्ज : बाँकेमा उपचाररत कोरोना संक्रमित थप एक जनाको मृत्यु भएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार राप्ती गाउँपालिका वडा नम्बर ४, दाङ निवासी ४२ वर्षिय पुरुषको भेरी अस्पताल नेपलागन्जमा निधन भएको हो । योसगैं बाँके जिल्लामा उपचारका लागि बाहिरी जिल्लाका ५० जनाको मृत्यु भएको केन्द्रले जनाएकोछ । 

स्वास्थ्यमा समस्या आई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका ती पुरुषको कोरोना भाइरस संक्रमणको आशंकामा मंसिर २ गते स्वाब संकलन गरिएको थियो ।

मंसिर ३ गते आएको स्वाब परीक्षणको रिर्पोटमा कोरोना पोजेटिभ पाइएका ती पुरुषको थप उपचारका लागि सोही दिन बेलुका ५ बजे भेरी अस्पताल नेपालगन्जको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना गरि रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दा गर्दै उनको बिहीबार विहान ७ः४८ बजे निधन भएको केन्द्रले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

अक्सिजन थेरापी, रेमडिसिभर तथा भेन्टिलेटरमा राखेर उपचार गरिएपनि ४२ वर्षिय पुरुषको दुवै फोक्सोमा निमोनिया भएर मृत्यु भएको केन्द्रले जनाएकोछ ।