एकैदिन एक हजार बढि पुरुषलाई कोरोना


एकैदिन एक हजार बढि पुरुषलाई कोरोना

नेपालगन्ज : नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

देशभर १० हजार ४६० जनाको पीसीआर परीक्षण गर्दा एक हजार ७ जना पुरुष र ६ सय ९६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ सय ३६ जना निको भएका छन् । भने हालसम्म नेपालमा २ लाख १० हजार ६७१ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।

संक्रमित मध्ये १० हजार ९४४ जना होम आइसोलेसनमा छन् भने ३५४ जनाको आइसीयू तथा ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्रालयका अनुसार शुक्रबार देशभर थपिएका कुल कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ८ सय २२ जना संक्रमित थपिएका छन् । यसमा ४४३ जना पुरुष र ३७९ जना महिला रहेका छन् ।

हाल काठमाडौँ, भक्तपुर, ललितपुर, झापा र कास्कीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । मनाङ र डोल्पा संक्रमणमुक्त भएको छ ।

यसैबीच कोरोना भाइरस संक्राणका कारण नेपालमा एकै दिन थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ४ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।

यसअघि बिहिबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो । यस्तै मङ्गलबार २४ जनाकको मृत्यु भएको थियो भने बुधबबार २८ जना संक्रमितको मृत्यु भएको थियो ।