बाँकेमा थपिए २३ संक्रमित


बाँकेमा थपिए २३ संक्रमित

नेपालगन्ज : बाँकेका २३ सहित थप ४१ जनामा कोरोना पुष्टि भएकोछ । पछिल्लो २४ घण्टामा बाँकेमा सञ्चालित तीन वटा प्रयोगशालामा भएको पीसिआर परीक्षणबाट यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार शुक्रबार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट २ महिला र ६ पुरुष गरि ८ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ५ महिला ८ पुरुष गरि १३ जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट एकएक जना महिला र पुरुष गरि २ जना सहित बाँकेका थप २३ जनामा कोरोना पुष्टि भएको छ ।

बाँकेमा शुक्रबार थपिएका कोरोना संक्रमितसंगै बाँकेको कुल कोरोना संक्रमित संख्या तीन हजार ८ सय ४७ पुगेककोछ । भने शुक्रबार नै बाँकेका विभिन्न आइसोलेसन तथा होम आइसोलेसनमा रहेका ४ जनाले कोरोना जितेकाछन् । योसगैं बाँकेमा कुल तीन हजार ५ सय ८७ जनाले कोरोना जितेकाछन् ।

केन्द्रका अुनसार हालसम्म बाँकेमा १५ महिला र २३ पुरुष सहित ३८ जनाको मृत्यु भएकोछ । भने जिल्लामा २ सय २२ जना मात्र सक्रिय संक्रमित रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसबीच भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ६ महिला र ४ पुरुष गरि १० जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट १ महिला र ४ पुरुष गरि ५ जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट १ महिला र २ पुरुष गरि ३ सहित १८ जना बाँके जिल्ला बाहिरका ब्यक्तिमा कोरोना पुष्टि भएकोछ ।

यसबीच बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १० महिला र ४० पुरुष सहित ५० जनाको मृत्यु भइसकेकोछ ।