सकियो मतदान, कस्तो आउला मतपरिणाम ?


सकियो मतदान, कस्तो आउला मतपरिणाम ?

नेपालगन्ज : नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा अन्तरगत मतदान कार्य सम्पन्न भएको छ । प्रमुख अधिकृत उपेन्द्र केसरी न्यौपानेका अनुसार साँझ साढे ५ बजेबाट प्रज्ञा प्रतिष्ठानमा मतगणना शुरु हुने छ ।

देशभरबाट काठमाडौंमा आएका १ हजार ११६ जना मतदाताले चुनावमा भाग लिएका छन् । कोभिड– १९ को बेलामा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तीन ठाउँबाट मतदानको व्यवस्था गरिएको थियो । जिल्ला नगरतर्फको प्रज्ञा प्रतिष्ठान, कमलादी, वस्तुगततर्फको महासंघ सचिवालय टेकु र एसोसिएटतर्फको कार्की ब्याङ्केट बबरमहलमा मतदानको व्यवस्था गरिएको थियो ।

महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मुख्य प्रतिनिधिहरुको सूची अनुसार एसोसिएट्स, द्धिराष्ट्रिय, वस्तुगत र जिल्ला नगरका गरी १ हजार ११६ संस्थाका प्रतिनिधिहरुले महासंघको नयाँ नेतृत्वका लागि मतदान गरेका छन् ।

महासंघको निर्वाचन समितिले एसोसिएट्सतर्फ ९०४, द्धिराष्ट्रियतर्फ ६, वस्तुगत संघहरु १०१ र जिल्ला नगर उद्योग वाणिज्य संघका १०५ जनाले मतदानमा सहभागिता जनाएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित नयाँ कार्यकारी समिति सदस्य निर्वाचित हुनेछन् । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

ढकालको टिममा जिल्ला नगर उपाध्यक्षमा गणनिधी तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेश लाल श्रेष्ठ, र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई मैदानमा छन् । यसैगरी प्रधानको टिममा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नन्दलाल बैश्य जिल्ला नगर उद्योग वाणिज्य संघ (खुल्ला तर्फ) कार्यकारिणी समिति सदस्यका उम्मेदवार, पूर्व उपमहासचिव रचना श्रेष्ठ लुम्बिनी प्रदेशको कार्यकारिणी समिति सदस्य पदका उम्मेदवार रहेकाछन् ।