थप १३८० जनामा कोरोना पुष्टि


थप १३८० जनामा कोरोना पुष्टि

नेपालगन्ज : नेपालमा थप एक हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ३ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । भने सोही अवधीमा देशभरका थप ५१५ संक्रमित निको भएका छन् ।

शनिबार बेलुकासम्म नेपालमा २ लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ११ हजार १ सय ८६ जना कोरोना संक्रमण निको भइसकेको छ ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८३ छ । मन्त्रालयका अनुसार १८ हजार ८३ जना आइसोलेसनमा रहेका छन् । ६१८ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै मन्त्रालयका अनुसार अनुसार कुल १७ लाख १९ हजार ८२८ पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमित थप १९ जनाको मृत्यु भएकोछ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १९ जनाको मृत्यु भएको हो ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार २३ जना संक्रमितको मृत्यु भएको थियो । भने बिहिबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो । बुधबबार २८ जना संक्रमितको मृत्यु भएको थियो । भने यस्तै मङ्गलबार २४ जनाकको मृत्यु भएको थियो ।