बिर्तामोडमा सिद्धार्थ ग्रुपद्वारा तीन तारे होटेल सञ्चालन


बिर्तामोडमा सिद्धार्थ ग्रुपद्वारा तीन तारे होटेल सञ्चालन

नेपालगन्ज : पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री योगेश भटटराईले सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीद्वारा झापाको बिर्तामोडमा सञ्चालनमा ल्याइएको शिद्धार्थ ग्राउण्ड सिटी होटेलले पुर्बी नेपालको पर्यटन प्रर्बद्धनमा महत्वपुर्ण योगदान पु¥याउने बताए ।

शिद्धार्थ ग्राउण्ड सिटी होटेलको उद्घाटन गर्दै मन्त्री भट्टराईले पश्चिम नेपालको टीकापुरबाट हस्पिटालिटी ब्यबसाय शुरु गरेको सिद्धार्थ ग्रुपले सेवा बिस्तार गर्दै पुर्वी नेपालसम्म पुगेकोमा खुशी ब्यक्त गरे ।

देशैभर होटेल रेष्टुरेण्ट र रिसोटहरु सञ्चालन गर्दै सिद्धार्थ गु्रपले पुर्वी नेपालका प्रमुख पर्यटकीय गन्तब्य पाथीभरा, कञ्चजङ्गादेखि ईलामको मनमोहक चिया बगान क्षेत्रमा गुणस्तरीय हस्पिटालिटी सेवा पु¥याउनु पर्ने बताए ।

सिद्धार्थ हस्पिटालिटीले झापाको बिर्तामोडस्थित होटल ग्राण्ड सिटीसँग व्यावसायीक साझेदारी गरी सेवा बिस्तार गरेको हो । बिर्तामोडको मुख्य बजारमा सञ्चालनमा आएको तीन तारे होटेल ग्राउण्डसिटीमा ५१ वटा सुबिधा सम्पन्न कोठाहरु, स्वीमिङ पुल, खुल्ला बगैचा, सेमिनार हल, हेल्थ क्लब र रुफ टप सहित ५ वटा रेष्टुरेण्ट रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बिर्तामोडमा तीन तारे होटेल सञ्चालन गरेर सिद्धार्थ गु्रपले पुर्वी नेपालका प्रसिद्ध पर्यटकीय गन्तब्य बिर्तामोडमा तीन तारे होटेल सञ्चालन गरेर सिद्धार्थ गु्रपले भारतको पश्चिम बंगालका पर्यटकहरुलाई आकर्षित गर्ने तयारी गरिरहेको छ । योसगैं सिद्धार्थ गु्रपले देशका एक दर्जन भन्दा बढी प्रमुख शहरहरुमा गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ ।

नेपाली, इन्डियन, कन्टिनेन्टल, एशियन, चाइनिज लगायतका विभिन्न परिकारका खानाहरु उपलब्ध गराएर सिद्धार्थ गु्रपले खानाका पारखीहरुको मन जित्दै आएको छ । ‘हृदयदेखि आथित्य सत्कार’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अघि बढेको सिद्धार्थ गु्रपको मुख्य बिशेषता भनेकै स्वाद, स्वच्छन्दता र उत्कृष्ट सेवा हो ।
सिद्धार्थ ग्रुपले नेपालको पश्चिमी क्षेत्रमा बसोबास गर्ने पर्यटकलाई पूर्वी नेपालको भ्रमण गराइ पूर्वी नेपालको मनमोहक पर्यटकीय गन्तब्यहरुको देशभर प्रचार प्रसार गराउने लक्ष्य राखेको छ ।

गुु्रपले नेपालगन्जमा चारतारे होटल सहित महेन्द्रनगर, कैलालीको टीकापुर, चिसापानी, सुर्खेत, बुटवल, चितवनको चुम्लिङ्टार, काठमाडौं, ललितपुर लगायतका विभिन्न स्थानमा होटल, रिसोर्ट, रेस्टुरेण्ट, क्याफे, ट्राभल, हस्पिटालिटी ट्रेड, कृषी, आईटी कम्पनी लगायतका बिभिन्न २८ वटा कम्पनी सञ्चालन गर्दै आएको छ ।
यस कम्पनीले देशैभरी आफ्नो सेवा विस्तार गरी छिट्टै विदेशमा समेत विस्तार गर्ने तयारी रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।