नेपालगन्ज : बाँके जिल्ला अदालत बार एसोसिएशनको अध्यक्षमा जनक बहादुर शाही निर्वाचित भएकाछन् ।
डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का तर्फबाट उम्मेदवार बनेका शाहीले २६ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी घनश्याम पराजुलीले ८ मत मात्र प्राप्त गरे ।
अध्यक्ष पदमा मात्र निर्वाचन भएको हो । अरु सबै पदमा डिएलएकै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत केवलसिंह थारुका अनुसार उपाध्यक्षमा पुनम श्रेष्ठ, सचिवमा गणेश प्रसाद थारु र कोषाध्यक्षमा डाक्टर कौशल कुमार वर्मा निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा किशोर बहादुर थापा, मिरा ददेल, जय प्रसाद पौडेल, कृष्ण कुमार श्रेष्ठ, अकबर अलि इद्रिसी, राजेन्द्र प्रसाद शर्मा र रामनाथ साहु निर्वाचित भएको निर्वाचन अधिकृत थारुले जानकारी दिए ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग