जिल्ला बार बाँकेको अध्यक्षमा शाही निर्वाचित


जिल्ला बार बाँकेको अध्यक्षमा शाही निर्वाचित

नेपालगन्ज : बाँके जिल्ला अदालत बार एसोसिएशनको अध्यक्षमा जनक बहादुर शाही निर्वाचित भएकाछन् ।

डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का तर्फबाट उम्मेदवार बनेका शाहीले २६ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी घनश्याम पराजुलीले ८ मत मात्र प्राप्त गरे ।

अध्यक्ष पदमा मात्र निर्वाचन भएको हो । अरु सबै पदमा डिएलएकै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत केवलसिंह थारुका अनुसार उपाध्यक्षमा पुनम श्रेष्ठ, सचिवमा गणेश प्रसाद थारु र कोषाध्यक्षमा डाक्टर कौशल कुमार वर्मा निर्वाचित भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यस्तै सदस्यहरुमा किशोर बहादुर थापा, मिरा ददेल, जय प्रसाद पौडेल, कृष्ण कुमार श्रेष्ठ, अकबर अलि इद्रिसी, राजेन्द्र प्रसाद शर्मा र रामनाथ साहु निर्वाचित भएको निर्वाचन अधिकृत थारुले जानकारी दिए ।