हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो भन्दै काठमाण्डौ प्रदर्शन


हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो भन्दै काठमाण्डौ प्रदर्शन

नेपालगन्ज : कोरोना भाइरस संक्रमणकाबीच देशभर राजतन्त्र पुनस्र्थापनाको माग गर्दै प्रर्दशन भइरहेकोछ ।

यसैबीच राजतन्त्र पुनस्र्थापनाको माग गर्दै आज काठमाडौंमा प्रदर्शन भएको छ ।

राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले काठमाडौंको माइतीघरमा यतिबेला हिन्दु राष्ट्र र राजसस्था पुनस्र्थापनाको माग गर्दै प्रदर्शन गरिरहेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट बाक्लो संख्यामा उपस्थिति जुलुस निकालेर अहिले माइतीघरमा प्रदर्शन भइरहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसअघि पोखरा, धनगढी, मकवानपुर, बुटवल र नेपालगन्ज लगायतका क्षेत्रमा हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ ।

बाँकेको नेपालगन्जमा मंसिर १३ गते शनिबार भएको प्रदर्शन २०६२÷२०६३ को जनआन्दोलन पश्चातको ठूलो प्रदर्शन भएको स्थानीयले बताएकाछन् ।