बर्दियाका विकास प्रेमी युवाद्वारा सहयोग


बर्दियाका विकास प्रेमी युवाद्वारा सहयोग

बर्दिया : विकास प्रेमी युवा समुह बर्दियाले अति विपन्न एक परिवालाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । बर्दियाको गेरुवा गाउँपालिका—६ निवासी अतिविपन्न शुबलाल खत्रीको परिवारलाई समुहको तर्फबाट खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको बिकास प्रेमी युवा समुह गेरुवा गाउँपालिकाका अध्यक्ष प्रकाश नेपालले जानकारी दिए ।

कोरोना भाइरसको महामारी तथा त्यसबाट उत्पन्न असहज परिस्थितिमा जिविकोपार्जन गर्न समस्या भोक्दै आएका खत्री परिवारलाई समुहले सहयोग गरेको अध्यक्ष नेपालले बताए ।

स्थानीय तहको आँखा नपुगेको स्थानमा पुगी अति विपन्न वर्गका लागी सो सामाग्री हस्तान्तरण गरिएको बताउँदै अध्यक्ष नेपालले आगामी दिनमा पनि यसखाले सहयोगलाई निरन्तरता दिने जनाए ।

खत्रीको परिवारलाई अझै पनि सहयोगको आवश्यकता रहेको छ । अध्यक्ष नेपालले भने– कोरोना भाइरसबाट संक्रमणबाट बच्न र बचाउनका लागी अनिवार्य मास्कको प्रयोग गरौं भन्ने सन्देश दिदै समुहले ४ हजार थान मेडिसिन मास्क वितरण गरिएको जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital