कतै शिलान्यास त कतै मन्त्रीको बाटो कुर्दै


कतै शिलान्यास त कतै मन्त्रीको बाटो कुर्दै

बर्दिया : स्थानीय तहसम्म आधारभुत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ सरकारले एकै दिन ३९६ वटा अस्पताल भवनको शिलान्यास गरेको बताएपनि बर्दियाका २ वटा स्थानीय तहमा भने शिलान्यास हुन सकेन ।

बर्दियाको मधुवन नगरपालिका र गेरुवा गाउँपालिकामा अस्पताल निर्माणका लागी भवनको शिलान्यास गरिएको हो भने ठाकुरबाबा र बाँसगढि नगरपालिकामा भने भवनको शिलान्यास हुन नसकेको हो ।

उक्त अस्पतालको शिलान्यासका लागि नेता तथा मन्त्रीलाई बोलाइने भएका कारण मंसिर १८ गते मात्र अस्पताल शिलान्यास गरिदैँछ ।

मधुवन नगरपालिकामा १० शैयाको अस्पताल बनाइने भएको छ त्यसका लागी यस पटक संघीय सरकारले ८५ लाख रुपैयाँ उपलब्ध गराएको र सोहि अनुसार भवन निर्माणको शिलान्यास गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उता गेरुवा गाउँपालिकामा पनि १० शैयाको अस्पतालको लागी शिलान्यास गरिएको छ । गेरुवा गाउँपालिका—६ नारायणपुरमा जग्गा दाता गोपाल गीरीले अस्पतालका लागी दान गरेको ८ कठ्ठा जमिनमा अस्पताल निर्माण हुने सूचना अधिकारी प्रकाश शर्माले जानकारी दिए ।

बर्दियाको ठाकुरबाबा नगरपालिका—३ नेउलापुरमा १५ शैयाको अस्पताल बनाइने भएको र त्यसको लागी संघीय सरकारबाट १ करोड रकम उपलब्ध भएको नगर प्रमुख घननाराण श्रेष्ठले जानकारी दिए ।

डिपीआर समेत तयार भैसकेको भएपनि केहि कामले रोकिएका कारण भवन निर्माणको शिलान्यास स्वास्थ्य राज्य मन्त्रीबाट गराइने भएका कारण १५ गते हुने भनिएको शिलान्यास कार्यक्रम १८ गते सारिएको उनले बताए ।

यस्तै बाँसगढि नगरपालिकामा पनि १५ शैयाको अस्पताल बाँसगढि नरपालिका—५ मा निर्माण गर्ने तयारी भएपनि स्वास्थ्य राज्यमन्त्रीलाई कुर्दा मंसिर १८ गतेनै शिलान्यास हुने प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

बर्दियाका अन्य ४ वटा स्थानीय तह गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा भने स्वास्थ्य भवनका साथ एक–एक जना एमबिबिएस डाक्टरको दरबन्दी रहेको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँच देखि १५ शैयाको अस्पताल बनाउन लागेको हो । जस अन्तर्गत लुम्बिनी प्रदेशमा ५७ वटा पालिकामा अस्पताल बनाउन लागिएको छ ।