तीन दिनपछि धनिरामको शव परिवारले बुझ्यो, प्रहरीको कडा सुरक्षामा शतगत

डिएसपी खड्काको कमाण्डमा बनियाँ गाउँ, दोषीलाई कारबाही गरि छाड्छौं : उपरीक्षक राना


तीन दिनपछि धनिरामको शव परिवारले बुझ्यो, प्रहरीको कडा सुरक्षामा शतगत

नेपालगन्ज : धनिराम यादवको परिवारले उनको शव तीन दिनपछि बुझेकाछन् । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५, बनियाँ गाउँमा सोमबार बेलुका ५ बजे भएको झडपमा परि उनको मृत्यु भएको थियो ।

झडपमा परि मृत्यु भएका धनिरामको परिवार र आफन्तले बदला नलिएसम्म शव नबुझ्ने भन्दै ईन्कार गरेपछि तीनदिनदेखि धनिरामको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा राखिएको थियो ।
धनिरामका जेठा छोरा सीयाराम यादवले आफ्नो बुवाको शव बुधबार विहान बुझेसगैं तीन दिनपछि धनिरामको शतगतको गरिदैछ ।

टाउकोमा गम्भीर चोट लागेका धनिरामको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको थियो । धनिरामको मृत्यु भएपछि उनको परिवारले दोषीलाई पक्राउ गरि कानूनी कारबाही गरिनुपर्ने माग राख्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा धनिरामका जेठा छोरा सियारामले आफ्नो बुवाको हत्यामा संलग्न १७ जना विरुद्ध किटानी जाहेरी समेत दिएकाछन् । सीयारामले दिएको किटानी जाहेरीमा बनियाँ गाउँका ३४ वर्षिय रामनरेश काँदू र ३८ वर्षिय चेतराम काँदूलाई बाँके प्रहरीले पक्राउ गरि अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाका अनुसार किटानी जाहेरीमा उल्लेख भएका १५ जना फरार रहेको बताउँदै उनले भने –‘पक्राउ परेका ब्यक्तिमाथि अनुसन्धान गर्न अदालतबाट १० दिनको म्याद थप गरेका छौं । फरार रहेका अन्यको खोजी कार्य तीव्र पारिएकोछ ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार यतिबेला बनियाँ गाउँको स्थिती प्रहरीको नियन्त्रणमा रहेको र माहोल शान्त भएपनि मृतक धनिरामको शतगत गाउँमै गरिने हुदाँ सम्भावित दुर्घटना हुन नदिन भन्दै प्रहरीको उपस्थितीमा शतगत गरिदैछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक सुवास खड्काको नेतृत्वमा यतिबेला बनियाँ गाउँमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक रानाले बताए ।

‘झडपमा परि धनिरामको मृत्युले यतिबेला बनियाँ गाउँ शोक र बदलाको आक्रोसमा रहेको छ । डिएसपीको कमाण्डमा घटना घटेको दिनदेखि बनियाँ गाउँलाई उच्च निगरानीमा राखिएकोछ’ प्रहरी उपरीक्षक रानाले सेतोखरीसँग कुरा गर्दै भने–‘यो झडप मेलाका कारण भएको होइन । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा कुनैपनि मेला, महोत्सव गर्न अनुमति दिइएको छैन ।’

प्रहरी उपरीक्षक रानाले भने–‘पुरानो झगडाको रिसबी र आपसी मतभेदका कारण उत्पन्न असहज परिस्थितले उग्ररुप लिएपछि त्यहाँको माहोल हिंस्रक भएको हो ।’

‘प्रहरी नायव उपरीक्षक सुवास खड्काको नेतृत्वमा २४ सै घण्टा बनियाँ गाउँमा प्रहरीले पहरा दिइरहेकोछ । त्यहाँको माहोल पूर्णरुपमा साम्य नभएसम्मका लागि बनिया गाउँबाट प्रहरी ब्याक हुदैन’ उपरीक्षक रानाले सेतोखरीलाई जानकारी दिए ।

बाँके प्रहरीका अनुसार उक्त घटनामा ६ जना घाईते भएको र त्यसमध्ये गम्भीर रुपमा घाईते भएका धनिरामको उपचारका क्रममा मृत्यु भएको थियो ।