गाँजामाथिको प्रतिबन्ध हट्यो, कानूनीरुपमै खेती गर्न पाइने


गाँजामाथिको प्रतिबन्ध हट्यो, कानूनीरुपमै खेती गर्न पाइने

नेपालगन्ज : संयुक्त राष्ट्रसंघले गाँजालाई विश्वब्यापी प्रतिबन्धबाट हटाएकोछ । संघले गाँजालाई औषधीय गुण भएको वनस्पति मान्दै नार्कोटिक ड्रगको समूहबाट हटाएर विश्वव्यापी प्रतिबन्ध हटाएको हो । योसगैं कानूनी रुपमा गाँजाको खेतीका लागि सहजता थपिएको छ ।

नेपालमा तत्कालीन एमालेका तथा अहिलेका नेकपाका केही सांसदहरुले गाँजामाथिको प्रतिबन्ध खुलाएर खेती गर्नुपर्ने बताउँदै आएका छन् । बुधबार राष्ट्रसंघको ड्रग एजेन्सीका सदस्य राष्ट्रहरुले गाँजालाई औषधीय गुण भएको वनस्पति मान्नुपर्ने भन्दै यसमाथि लगाइएको प्रतिबन्ध हटाउने पक्षमा बहुमत पुर्याएका थिए । जसमा नेपालले पनि गाँजालाई प्रतिबन्ध हटाएर औषधीय गुण भएको वनस्पति मान्नुपर्ने पक्षमा मतदान गरेको थियो ।

नेकपाका सांसदहरुले पूर्वकानुनमन्त्री शेरबहादुर तामाङको नेतृत्वमा गाजाँको प्रतिबन्ध खुलाउनपर्ने भन्दै गैरसरकारी विधेयक नै दर्ता गरेका थिए । अब नेपालमा पनि गाँजा खेतीको कानूनी मान्यताको बहसले थप व्यापकता पाउने तामाङले सामाजिक सञ्जालमा लेखेका छन् । राष्ट्रसंघको ड्रग एजेन्सीले बहुमत भोटका आधारमा प्रतिबन्ध हटाएको हो ।

उक्त समितिमा रहेका ५३ सदस्य राष्ट्रमध्ये प्रस्तावको पक्षमा नेपालसहित २७ मत परेको थियो । यसअघि विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधीय गुण भएको भन्दै प्रतिबन्ध हटाउनका लागि राष्ट्रसंघलाई चिठी लेखेको थियो । यससँगै अब विश्वभर गाँजाको कानूनी प्रक्रियाबाटै खेती गर्न पाइने भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच नेपाल संयुक्त राष्ट्रसंघको सदस्य देश भएका कारण संघले हटाएको प्रतिबन्धलाई अक्षरस पालना गर्नुपर्ने हुन्छ । त्यसो त नेपालमा गाँजालाई लागुऔषधको रुपमा हेर्न नहुने भन्दै यसको औषधिय गुणका बारेमा चर्चा हुन थालेको एक दशक बढि भएकोछ ।

संघको सदस्य राष्ट्र भएका कारण गाँजाको उत्पादन, ओसारपसार, कारोबार र यसको प्रयोगमा नेपाल सरकारले प्रतिबन्ध लगाउदै कडा कानूनी ब्यवस्था गरेको थियो ।

सोधकर्ताका अनुसार विश्वमै नेपालमा पाइने गाँजा उच्च औषधीय गुणस्तर भएको बताइने गरिन्छ । क्यान्सरदेखि थुप्रै रोगको सफल उपचारमा यो प्रभावकारी भएको भन्दै यसको उपयोगिता लगायतका विषयमा यतिबेला विश्वभर थुप्रै खोज, अनुसन्धान र यसको प्रयोग भइरहेकोछ ।