बर्दियामा कार दुर्घटना, २ जनाको मृत्यु ३ जना घाइते


बर्दियामा कार दुर्घटना, २ जनाको मृत्यु ३ जना घाइते

File Photo

बर्दियाः बर्दियामा भएको कार दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

बर्दियाको गुलरियाबाट ढोढरीतर्फ जाँदै गरेको बा १६ च २४५३ नम्वरको कार मधुवन नगरपालिका —४ माचड चोकदेखि करिब १ सय मिटर पुर्व अनियन्त्रीत भई पल्टिदाँ कारमा सवार गुलरिया नगरपालिका —४ निवासी २४ वर्षिय सुरेन्द्र गोडिया र भिमदत्त नगरपालिका —६ का १८ वर्षिय निधि सुनार गम्भीर घाइते भएका थिए ।

घाईते गोडिया र सुनारको जिल्ला अस्पताल गुलरियामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी दिए ।

उनका अनुसार कार दुर्घटनामा परी घाइते भएका मनोज गोडिया, राधिका सुनार र कमला सुनारको जिल्ला अस्पतालमा उपचार हुन नसके पछि थप उपचारको लागी नेपालगन्ज लगिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

प्रहरीका अनुसार तिव्रगतिमा रहेको कार बिहीबार दिउँसो पौने तीन बजेतिर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।