कोरोना परीक्षण दर घटेसगैं निको हुनेको संख्यामा बृद्धि

पछिल्लो २४ घण्टामा देशभर १३४३ संक्रमित थपिए


कोरोना परीक्षण दर घटेसगैं निको हुनेको संख्यामा बृद्धि

नेपालगन्ज : नेपालमा पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना निको हुने दर ९२.७ प्रतिशत रहेको छ । अर्थात बिहीबारसम्म कुल २ लाख ३७ हजार ५८९ जनामा संक्रमण पुष्टि भएकोमा २ लाख २० हजार २७२ जना निको भएका छन् । योसगैं नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको मन्त्रालयले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३४३ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार १११ जना निको भएका छन् ।

यसबीच नेपालमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार ९ जना संक्रमितको मृत्यु भएको थियो ।