कारण, आर्यनको यो गेटअप एकैपटक फस्टलुकमा रिभिल गर्ने योजना उनको थियो । यसैले पनि आर्यन सिग्देल मिडियाबाट तर्किएर हिडिरहेका थिए । तर, नेपालका कलाकारलाई आफ्नो गेटअप सार्वजनिक गर्न खुबै खसखस हुन्छ । नायक आर्यन सिग्देललाई पनि यस्तै भएको देखिएको छ ।
नायक आर्यन सिग्देल अहिले चलचित्रको छायांकनका लागि पोखरामा छन् । पोखरामा रहेको समयमा भने उनको गेटअप छायांकन सेटबाट नै बाहिरिएको छ । आर्यनले लामो दाह्री र कपाल पालेका छन् । उनको कपाल केही मात्र फुलेको छ । दाह्रीको रंग पनि केही सेतो देखिएको छ । यसको अर्थ, आर्यन पागल प्रेमीको भूमिकामा चलचित्रमा देखिदैछन् ।
आर्यनको यो लुक्स सार्वजनिक भएपछि, निर्देशक विकासराज आचार्यको उनको गेटअप फस्टलुकमा मात्र सार्वजनिक गर्ने योजना कसरी अगाडि बढ्ला ?