नेता पौडेलमाथि भएको धरपकड र गिरफ्तारी विरुद्ध नेपालगन्जमा प्रदर्शन


नेता पौडेलमाथि भएको धरपकड र गिरफ्तारी विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज : नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको धरपकड र गिरफ्तारीको विरोधमा नेपाल तरुण दल, बाँकेले प्रदर्शन गरेकोछ ।

काङ्ग्रेसका वरिष्ठ नेता पौडेलमाथी भएको प्रहरीको धरपकड र गिरफ्तारी विरुद्ध तरुण दलले प्रदर्शन गर्दै विपी चोकमा १० मिनेट चक्का जाम गरेकोछ ।

तरुण दलले बीपी चोकमा चक्काजाम गर्दै टायर बालेर विरोध प्रर्दशन गरेको थियो । सो क्रममा प्रहरीले आगो निभाउन खोज्दा एकछिन प्रहरी र तरुण दल कार्यकर्ताबीच धकेलाधकेल भएको थियो ।

तरुण दल बाँकेका सचिव विनोद रिजालको अध्यक्षतामा भएको भएको कोण सभालाई नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापती रमेश गुप्ता, नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट, तरु दलका नगर सभापति संन्दिपजंग शाहले सरकारको विरोध जनाउदै सर्वसत्तावाद लाद्ने प्रयास नगर्न चेतावनी दिएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच, नेपाली काँग्रेस बाँकेका सभापती किरण कोइरालाले एक विज्ञप्ती जारी गर्दै वरिष्ठ नेतामाथि भएको धरपकड र नियन्त्रणमा लिएको प्रति भत्सना गरेकोछ । पुल उद्घाटन गर्न गएका नेतामाथि गरिएको धरपकड र नियन्त्रणले लोकतन्त्र समाप्त पार्ने अधिनायकबादी सरकारको खेल भएको बाँके काँग्रसले जनाएकोछ ।

सभापती कोइरालाद्वारा जारी विज्ञप्तीमा अगाडी भनिएको छ कम्युनिष्ट सरकारका मन्त्रीहरु हेलिकप्टर चाटर्ड गरि सरकारी बजेट दुरुपायोग गर्दै हिड्छन् अरुको राम्रो काम र ब्यवहारलाई सहन सक्दैनन् ।

नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म विपरित कम्युनिष्ट सरकाले कानी शासनको खिल्ली उडाउदै मनोमानि ढंगबाट सरकार सञ्चालन गरि अधिनायकबादी चरित्र प्रदैशन गर्दै आएको कसैबाट लुकेको छैन । भन्दै नेपाली काँग्रेस बाँकेले दुव्र्यवहारमा संलग्न दोषीलाई कडा कारबाहीको माग गरेकोछ ।