पत्रकार खगेन्द्रलाई तीन महिनापछि कोरोना रिपिट, अस्पताल भर्ना


पत्रकार खगेन्द्रलाई तीन महिनापछि कोरोना रिपिट, अस्पताल भर्ना

नेपालगन्ज : बाँकेका पत्रकार खगेन्द्र दाहाललाई पुनः कोरोना संक्रमण भएकोछ । कोरोना संक्रमण पुष्टि भएसगैं यतिबेला पत्रकार दाहाल भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकाछन् ।

समाचार रिर्पोटिङ्गकै क्रममा शंका लागेर यसअघि गत साउन २१ गते पत्रकार दाहालले स्वाब परीक्षण गराएका थिए । साउन २३ गते आएको रिर्पोटमा दाहाल पोजेटिभ पाइएका थिए । पोजेटिभ पाइएपछि सो बेला धम्बोझी स्थित सिटी प्यालेस होटलको आइसोलेसनमा १४ दिन पुरा गरेर भदौ ५ गते १५ दिनको दिन डिस्चार्ज भएका पत्रकार दाहाललाई तीनमहिनापछि कोरोना लागेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

मंसिर १५ गते देखि ज्वोरो आएको थियो, भेरी अस्पतालको शैयाबाट सेतोखरीलाई उनले भने मलाई स्वास फेर्न गाह्रो हुनुको साथै छाति दुख्ने र शरीर पुरै दुख्ने लक्षण देखिएको छ ।’ कोरोना भाईरसको लक्षणसंग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गराएका दाहालको रिर्पोट पोजेटिभ आएसगैं हिजो बिहीबार भेरी अस्पताल भर्ना भएकाछन् ।

सेतोखरीसंग कुरा गर्दै दाहालले भने ‘शंका लागेर जचाउँदा संक्रमित बने । यसअघि आइसोलेसनमा रहदाँ सामान्य रुघाखोकी भएको थियो । आत्मबल बलियो बनाएर तातोपानी पीउने, बाफ लिने र शारीरिक ब्यायम गरिरहे । निको भयो । फेरी पनि कोरोनालाई जितेर पुनः आफ्नो दैनिकीमा फर्किने छु ।’