बाँके प्रहरीद्वारा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ


बाँके प्रहरीद्वारा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले एकैदिन विभिन्न मुद्दामा फरार ६ जना प्रतिवादीलाई एकै दिन पक्राउ गर्न सफल भएकोछ । यसरी पक्राउ पर्नेमा दुई चोरी मुद्दा र एक सम्बन्ध विच्छेद तथा एक बहुविवाह मुद्दाका प्रतिवादीहरु पक्राउ परेकाछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्ला अदालत बाँकेमा विचाराधिन बहुविवाह मुद्दामा फरार रहेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षिय सुर्य केसी, सोही स्थान बस्ने २५ वर्षिया सरस्वता क्षेत्रीलाई पक्राउ गरेकोछ ।

पक्राउ परेका सरस्वतालाई १० हजार जरिवाना र सुर्यलाई पुरपक्षका लागि कारागार चलान गरेको छ ।

यस्तै चोरी मुद्दामा फरार रहेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ बस्ने १८ वर्षिया पुनम बैशलाई पक्राउ गरि जिल्ला अदालत पेश गरेकोछ । पुनमलाई जिल्ला अदालत बाँकेबाट २०७६ चैत्र १२ गते भएको फैसलामा ३ महिना ९ दिन कैद र १२ हजार ६ सय रुपैयाँ जरिवाना तोकेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्ला अदालत बाँकेबाट २०६३ कार्तिक २४ गते भएको सम्बन्ध विच्छेद मुद्दामा फरार खजुरा गाउँपालिका वडा नम्बर ७ बस्ने ४५ वर्षिया शारदा कुर्मी र सोही स्थान बस्ने ४८ वर्षिया केशरानी कुर्मीलाई ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले खजुरा गाउँपालिका वडा नम्बर ७ बठवा चोकबाट नियन्त्रणमा लिइ अदालतमा बुझाएको छ । पक्राउ परेका दुवै जनालाई ५०÷५० रुपैयाँ जरिवाना अदालतले तोकेकोछ ।

यसैगरी जिल्ला अदालत बाँकेबाट २०७५ भदौ १५ गते चोरी मुद्दामा भएको फैसलामा ९ दिन कैद सजाय भई फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीका २५ वर्षिय सिक्का किङ्गरियालाई अदालतमा बुझाएको बाँके प्रहरीले जनाएकोछ ।