७८८ पुरुषसहित थप १२७२ जनामा कोरोना संक्रमण


७८८ पुरुषसहित थप १२७२ जनामा कोरोना संक्रमण

नेपालगन्ज : नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार संक्रमित हुनेमा ४८४ महिला र ७८८ जना पुरुष रहेका छन् । यो सँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट थप एक हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन् । भने निको हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ ।

यसै गरि हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ९२.९ प्रतिशत रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

मन्त्रालयका अनुसार हालसम्म १७ लाख ७१ हजार ९ सय ५० जनाको पीसीआर गरिएको छ भने पछिल्लो २४ घण्टामा ८ हजार ३१ जनाको परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमित थप १६ जनाको मृत्यु भएकोछ ।

मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । हालसम्म नेपालमा १ हजार ५ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ ।