कोरोना रिपिट भएका पत्रकार खगेन्द्रलाई रेमडिसिभर चढाउन भेरी अस्पतालद्वारा सिफारिस


कोरोना रिपिट भएका पत्रकार खगेन्द्रलाई रेमडिसिभर चढाउन भेरी अस्पतालद्वारा सिफारिस

नेपालगन्ज : कोरोना रिपिट भएका बाँकेका पत्रकार खगेन्द्र दाहालको उपचारका लागि रेमडिसिभर चढाउन भेरी अस्पतालले सिफारिस गरेकोछ ।

भेरी अस्पताल नेपालगन्जको आइसोलेसनमा बिहीबार भर्ना भएका कोरोना संक्रमित पत्रकार दाहालको थप उपचारका लागि भन्दै रेमडिसिभर चढाउन भेरीले सिफारिस गरेको हो ।

कोरोना भाइरस संक्रमितको उपचारका लागि रेमडिसिभर प्रभावकारि मानिएको छ ।

कोरोना संक्रमणबाट निको भएपछि उनको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि उनले प्लाज्मा दान समेत गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्लाज्मा दान समेत गरेका पत्रकार दाहाललाई तीनमहिना पछि कोरोना लागेको हो ।