अपाङ्गता दिवसमा महासंघको सहयोग


अपाङ्गता दिवसमा महासंघको सहयोग

नेपालगन्ज : अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा बाँकेको नरैनापुर गाउँपालिकामा बृहत कार्य कार्यक्रम गरिएको छ ।

२९ औं विश्व अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा राष्ट्रिय मधेशी अपाङ्ग महासंघ नेपाल, मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगन्जले विभिन्न सामाग्री सहयोग गरेकोछ ।

महासंघका क्षेत्रीय अध्यक्ष राजेश क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथक, विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभासद कृष्णा केसी नमुना, गाउँपालिका उपप्रमुख जयन्तीदेवि श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो ।

सो कार्यक्रमा नरैनापुर गाउँपालिकाको सहयोगमा अपाङ्गता भएका ब्यक्तिलाई १५० थान हाइनेक टिर्सट, ४ वटा ह्विल चियर, दृष्टिविहीनलाई १० थान सेतो छडी, श्रवण शक्ति कमजोर भएका ब्यक्तिलाई साइबर ७ थान, खाजानास्ता प्रदान गरिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

कार्यक्रमा बोल्ने वक्ताहरुले अपाङ्गता भएका ब्यक्तिहरुप्रति गरिने ब्यवहार परिर्वतन गरि अपाङ्गमैत्री वातावरण निर्माणमा जोड दिएका थिए । हरेक वर्ष डिसेम्बर ३ का दिन विश्वभरी अपाङ्गता दिवश मनाइने गरिन्छ ।