देशभर सरकारविरुद्ध काँग्रेसले प्रदर्शन गर्ने


देशभर सरकारविरुद्ध काँग्रेसले प्रदर्शन गर्ने

नेपालगन्ज : नेपाली काँग्रेसले आगामी मंसिर २९ गते सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने भएकोछ ।

केहीदिन अघि तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना गर्दै बैठकले आगामी मंसिर २९ गते सरकार विरुद्ध प्रर्दशन गर्ने भएकोछ ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘प्रतिपक्षी विचारलाई निषेध गर्ने दमनकारी रबैया अपनाइएको छ र सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ,’ बैठकमा सहभागी नेता अर्जुननरसिंस केसीले भने, ‘यसको पछिल्लो कडी तनहुँ घटना हो ।’

Kids Festival 2022
kanti aarogya hospital
add

तनहुँ घटनाका साथै कोभिड–१९ रोकथाम तथा उपचारमा अव्यवस्थापन र भ्रष्टाचारको मुद्दालाई लिएर २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने काँग्रेसको निर्णय गरेको छ ।

यसैबीच काँग्रेस बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ । जटिलता र चुनौतीपूर्ण अवस्थामा सरकार आफ्नै दलको द्वन्द्वमा अलमलिएको भन्दै काँग्रेसले जनजीविकाका मुद्दाहरु उठाउने थलो संसदको अधिवेशन छिट्टो बोलाउनुपर्नेमा जोड दिएको छ ।

यस्तै पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा पार्टीको आन्तरिक विषयमा २७ केन्द्रीय सदस्यले उठाएको मुद्दाबारे छिटो सहमति खोज्ने समझदारी पनि भएको नेताहरुले बताएका छन् ।