गुलरियामा बस दुर्घटना : ३४ जना घाईते, ३ जनाको अवस्था गम्भीर


गुलरियामा बस दुर्घटना : ३४ जना घाईते, ३ जनाको अवस्था गम्भीर

नेपालगन्जदेखि बर्दियाको राजापुरतर्फ जाँदै गरेको भे १ ख २१२४ नम्बरको दुर्घटनाग्रस्त बस । तस्विरः दीपक शर्मा /सेतोखरी

बर्दिया : बर्दियाको गुलरिया नगरपालिकामा यात्रुबहाक बस दुर्घटना भएकोछ । यात्रुबहाक बस दुर्घटना हुदाँ बसमा सवार ३४ जना घाइते भएका छन् । भने घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागी नेपालगन्ज लगिएको छ ।

नेपालगन्जदेखि बर्दियाको राजापुरतर्फ जाँदै गरेको भे १ ख २१२४ नम्बरको बस अनियन्त्रित भई गुलरिया नगरपालिका वडा नम्बर—१ खैरापुर नजिकै पल्टिदा बसमा सवार ३४ जना घाईते भएका थिए ।

घाईते मध्ये ३ जनाको अवस्था गम्भीर भएका कारण थप उपचारका लागी नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बस दुर्घटनामा परि गम्भीर घाईते हुनेहरुमा गेरुवा गाउँपालिकाकी ५५ वर्षिय माण्डवि थापा, गुलरिया नगरपालिका— २ का १६ वर्षिय रचना बुढा थापा र मधुवन नगरपालिका—८ का ३० वर्षिय भुमिसर ओलीको अवस्था गम्भीर रहको प्रहरीले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

शुक्रवार दिउँसो करिब ४ बजेर ३० मिनेटमा भएको दुर्घटना पश्चात बसका चालक फरार भएको र उनको खोजी भैहरेको प्रहरीले जनाएको छ ।

३ जनालाई नेपालगन्ज पठाइएको छ भने बाँकि ३१ जनाको जिल्ला अस्पताल गुलरियामा उपचार पश्चात घर पठाइएको बर्दिया प्रहरीले सेतोखरीलाई जानकारी दिएकोछ ।

बर्दियामा यो घटनासगै लगातार दुई दिनमा भएको दोस्रो घटना हो । यसअघि बिहीवार मात्रै तिव्र गतिमा कुदिरहेको कार टिपरसंग ठोकिएर दुर्घटना हुदाँ कारमा सवार २ जनाको मृत्यु भएको थियो भने अन्य तीन जना गम्भीर घाइते भएका थिए ।

दुई दिनको अन्तरालमा बर्दियामा भएको सडक दुर्घटनाले यतिबेला गुलरिया क्षेत्रका स्थानीय त्रसित बनेकाछन् । बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न आवश्यक रहेको भन्दै यसका लागि प्रहरी प्रशासन लगायतले आवश्यक भूमिका खेल्न स्थानीयले माग गरेकाछन् ।